भाटभटेनीका देशभरका १६ वटा शाखा सञ्चालनमा

भाटभटेनीका देशभरका १६ वटा शाखा सञ्चालनमा

काठमाडौं : भाटभटेनी सुपर स्टोरले जेनजी आन्दोलनका कारण बन्द रहेका आफ्ना शाखाहरू पुनः सञ्चालनमा ल्याएको छ। कम्पनीले आइतबारदेखि उपत्यकाभित्र र बाहिरका विभिन्न स्थानमा रहेका १६ वटा शाखा पुनः खुलेको जानकारी दिएको छ।

उपत्यकाभित्र टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, युडब्लुटिसी, पाटन, कलंकी, राधेराधे र बालाजु शाखा सञ्चालनमा आएका छन्। यस्तै, उपत्यकाबाहिर नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा शाखा पुनः सञ्चालनमा आएका छन्।

भाटभटेनीले पुनः सञ्चालनप्रति ग्राहकहरूको धैर्य र समर्थनका लागि धन्यवाद दिँदै निरन्तर सेवामा प्रतिबद्ध रहने जनाएको छ।

जेनजी आन्दोलनका क्रममा आगलागी हुँदा पूर्णरुपमा नष्ट भएका अन्य शाखाहरू भने खुल्न समय लाग्ने देखिएको छ। 

असोज २, २०८२ बिहीबार १९:४६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।