लुम्बिनी प्रदेशसभाको चालु छैटौं अधिवेशन अन्त्य

बुटवल : लुम्बिनी प्रदेशसभाको चालु छैटौं अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले गत भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु छैटौं अधिवेशन अन्त्य गरेका हुन।
प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनले बिहिबार सूचना जारी गर्दै चालु छैटौं अधिवेशन अन्त्य भएको जानकारी दिए।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख घर्तिमगरले अधिवेशन अन्त्य गरेको र लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरिएको सूचनामा उल्लेख छ।
छैटौं अधिवेशन गत वैशाख ३१ गतेदेखि सुचारू भएको थियो। प्रदेशसभा सचिवालयका अनुसार चार महिनामा प्रदेशसभाका १७ वटा बैठक बसेका थिए ।
असोज २, २०८२ बिहीबार १६:४५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।