सरकारलाई हिलटेक समूहको सहयोग : १०८ थान पानी ट्याङ्की र ५०० थान ट्राफिक कोन हस्तान्तरण

सरकारलाई हिलटेक समूहको सहयोग : १०८ थान पानी ट्याङ्की र ५०० थान ट्राफिक कोन हस्तान्तरण

काठमाडौं : हिलटेक समूहले सामाजिक उत्तरदायित्त्व अन्तर्गत नेपाल सरकारलाई एक हजार लिटर क्षमतामा १०८ थान पानी ट्याङ्की, ५०० थान ट्राफिक कोनसहित विभिन्न सामग्री सहयोग स्वरूप उपलब्ध गराएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो।

सन् १९९२ देखि पानी ट्याङ्की र पाइप निर्माण गर्दै आएको हिलटेक समूहले विगत तीन दशकदेखि सडक डिभाइडर, डस्टबिन लगायतका सामग्रीहरू समाजसेवाका रूपमा निरन्तर सहयोग गर्दै आएको छ।

यस पटकको सहयोगलाई समूहले पुनर्निर्माण तथा विकास यात्रामा थप योगदानको रूपमा लिएको जनाएको छ।

समूहका अध्यक्ष कमल जैनले भने, “यी योगदानहरू देशको पुनर्निर्माण र समृद्धिको यात्रामा प्रेरणादायी बन्नेछन्।”

असोज २, २०८२ बिहीबार १६:३४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।