लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले देशभर क्षति भएका भौतिक संरचना पुनः निर्माणमा सहयोग गर्ने

लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले देशभर क्षति भएका भौतिक संरचना पुनः निर्माणमा सहयोग गर्ने

काठमाडौं : हालैको आन्दोलनका कारण देशभरका भौतिक संरचनामा ठूलो क्षति पुगेको अवस्थामा लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले पुनःनिर्माणमा योगदान दिने घोषणा गरेको छ।

ओम शिवम पाइप्स एण्ड फिटिङ्स र मेरीगोल्ड फर्निचर अन्तर्गत सञ्चालनमा रहेको कम्पनीले आगामी तीन महिनासम्मको आफ्नो कुल बिक्री रकमको एक प्रतिशत राष्ट्र पुनर्निर्माणका लागि समर्पण गर्ने निर्णय गरेको हो। यसलाई कम्पनीले राष्ट्रिय उत्तरदायित्वसँगै आफ्नो ऐतिहासिक योगदानका रूपमा लिएको जनाएको छ।

“हाम्रा संरचना हामी आफैं बनाउँछौं” भन्ने नारालाई आत्मसात गर्दै कम्पनीले बिक्री रकमको अंश पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरेको हो। यसमार्फत क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसँगै देशभर आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुले भने, “यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो। हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं। यही हाम्रो दायित्व र प्रतिबद्धता हो।”

निकट भविष्यमा सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारीमा रहेको कम्पनीले यस कदममार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ सशक्त तुल्याएको जनाएको छ।

असोज २, २०८२ बिहीबार १६:१९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।