हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा सारियो

हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा सारियो

काठमाडौं : हिमालयन बैंक लिमिटेडले आफ्नो चाबहिल-२ शाखालाई स्थानान्तरण गरी काठमाडौँ महानगरपालिका-२, बालुवाटारस्थित एन एल कम्प्लेक्समा ‘बालुवाटार शाखा’ नामबाट आजदेखि संचालनमा ल्याएको छ।

आज (आश्विन २ गते) उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा, कर्मचारी तथा विभिन्न अतिथि व्यक्तिहरुको उपस्थिति रहेको थियो।

हिमालयन बैंकले हाल देशभर १७४ वटा शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८ हजारभन्दा बढी पिओएस टर्मिनल तथा १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

असोज २, २०८२ बिहीबार १५:१७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।