प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

काठमाडौं : नेपालका प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ।
फोनवार्तामा मोदीले नेपालमा भएको दुःखद घटनाप्रति समवेदना व्यक्त गर्दै संविधान दिवसको शुभकामना दिएका छन्।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा एक पोस्ट गर्दै प्रधानमन्त्री कार्कीसँग हार्दिक कुराकानी भएको जानकारी दिएका हुन्।
उनले नेपालमा हालै भएको जेन-जी आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
साथै, नेपालको शान्ति र स्थायित्वका प्रयासहरूमा भारतको दृढ समर्थन रहने कुरा पनि उनले दोहोर्याएका छन्।
मोदीले असोज ३ गते परेको नेपालको संविधान दिवसको अवसरमा प्रधानमन्त्री कार्कीमार्फत सम्पूर्ण नेपाली जनतालाई शुभकामनासमेत दिएका छन्।
असोज २, २०८२ बिहीबार १३:५०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।