जेन-जी प्रदर्शनपछिको सेयर बजारमा पहिरो, दोहोरो नेगेटिभ सर्किट ब्रेक

काठमाडौं : भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि बिहीबार खुलेको सेयर बजारमा कारोबार शुरू भएको केहीबेरमै दोहोरो नेगेटिभ सर्किट ब्रेक लागेको छ।
नेप्से परिसूचक कुल ५ प्रतिशतले घटेपछि दोस्रो सर्किट ब्रेक लाग्दा कारोबार ४० मिनेटका लागि स्थगित भएको छ।
यसअघि, कारोबार खुलेको दुई मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि पहिलो सर्किट ब्रेक लागेको थियो।
त्यसपछि खुलेको बजारमा गिरावट नरोकिएपछि कुल ५ प्रतिशतको गिरावटसँगै दोस्रो सर्किट ब्रेक लागेको हो।
जेन-जी प्रदर्शन र त्यसपछिको राजनीतिक अनिश्चितताका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा बिक्री चाप परेको विश्लेषण गरिएको छ।
असोज २, २०८२ बिहीबार ११:३४:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।