सुनचाँदीको भाउ घट्यो, तोलामा ९०० रुपैयाँले सस्तियो सुन

सुनचाँदीको भाउ घट्यो, तोलामा ९०० रुपैयाँले सस्तियो सुन
फाइल तस्बिर

काठमाडौं : बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ। महासंघका अनुसार, आज चाँदी प्रतितोला २ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला २ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा गिरावट आएको छ। बुधबार प्रतिऔंस ३६८३.०६ डलर रहेको सुनको मूल्य आज घटेर ३६५४.२२ डलरमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा देखिएको महासंघले जनाएको छ।

असोज २, २०८२ बिहीबार ११:१८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।