संविधान दिवसमा टेलिकमको विशेष अफर सार्वजनिक, यस्ता छन् प्याकेजहरू

संविधान दिवसमा टेलिकमको विशेष अफर सार्वजनिक, यस्ता छन् प्याकेजहरू

काठमाडौं : नेपाल टेलिकमले संविधान दिवस, २०८२ को अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरेको छ।

संविधान जारी भएको एक दशक पुगेको अवसरमा टेलिकमले ‘संविधान दिवस अफर’ अन्तर्गत सहुलियत दरमा भ्वाइस, डाटा र कम्बो प्याकहरू उपलब्ध गराएको हो।

कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो अफर असोज २ गतेदेखि ४ गतेसम्म तीन दिनका लागि लागू हुनेछ। ग्राहकले आवश्यकताअनुसार विभिन्न प्याकेजहरू खरिद गर्न सक्नेछन्।

१. दैनिक कम्बो प्याक (रु. ४९)
यस प्याकेजमा ग्राहकले मात्र रु. ४९ मा एक दिन (२४ घण्टा) सम्म चल्ने १ एमबीपीएस गतिको अनलिमिटेड डाटा प्राप्त गर्नेछन्। साथै, टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन-नेट भ्वाइस सेवा पनि उपलब्ध हुनेछ।

२. डाटा प्याकेजहरू
रु. १११ मा: ६ जीबी डाटा (५ दिनको लागि)
रु. १९९ मा: १३ जीबी डाटा (७ दिनको लागि)
रु. २९९ मा: २० जीबी डाटा (१२ दिनको लागि)
रु. ३९९ मा: ३० जीबी डाटा (१५ दिनको लागि)

३. फेस्टिभ कम्बो प्याक (रु. ७८९)
यो प्याकेजमा डाटा, भ्वाइस र एसएमएस तीनवटै सुविधा समावेश छन्:
डाटा: ३० जीबी
भ्वाइस: ६०० मिनेट (सबै नेटवर्कमा कल गर्न सकिने)
एसएमएस: २०० (सबै नेटवर्कमा पठाउन सकिने)
समयावधि: प्रिपेड ग्राहकका लागि २८ दिन र पोस्टपेडका लागि ३० दिन।

पोस्टपेड प्रयोगकर्ताका लागि विशेष सुविधा
पोस्टपेड प्रयोगकर्ताहरूले ‘फेस्टिभ कम्बो प्याकेज’ वा माथि उल्लिखित ३० जीबी डाटा प्याकेज खरिद गर्दा लाग्ने शुल्क आफ्नो मासिक रेन्टल चार्जबाटै मिलान गर्न सक्ने सुविधासमेत रहेको कम्पनीले जनाएको छ।
 

असोज २, २०८२ बिहीबार ०७:२९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।