जेनजी आन्दोलनमा जलेका सरकारी गाडी नयाँबानेश्वरमा थन्काइयो, लिलामीको तयारी

जेनजी आन्दोलनमा जलेका सरकारी गाडी नयाँबानेश्वरमा थन्काइयो, लिलामीको तयारी

काठमाडौं : जेनजी पुस्ताको आन्दोलनको क्रममा जलाइएका सरकारी सवारीसाधन नयाँ बानेश्वरमा रहेको संसद् भवनको पछाडि राख्न थालिएको छ।

आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् भवन लगायत विभिन्न सरकारकी कार्यालयमा प्रवेश गरेर सवारीसाधन र भवनमा आगो लगाइदिएका थिए।

आगलागीबाट जलेका सवारीसाधन बुधवारबाट संसद् भवनको पछाडिको चौरमा राखिन् थालिएको हो। सरकारले ती सवारीसाधन लिलामी गरेर बेच्ने तयारी गरेको छ।

असोज १, २०८२ बुधबार २०:२९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।