
जेनजी आन्दोलनमा जेलबाट भागेर भारत पुगेका भोला उतै समातिए

काठमाडौं : जेनजी पुस्ताको आन्दोलनकोक्रममा केन्द्रिय कारागारबाट भागेका भारतीय नागरिक भोला कुमार भारतमा पक्राउ परेका छन्। भोला ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा जन्मकैद पाएर केन्द्रीय कारागारमा थिए।
आन्दोलनको दोस्रो दिन भदौ २४ गते कारागारमा रहेका कैदी बन्दीहरू भाग्नेक्रममा भोला पनि केन्द्रिय कारागारबाट भागेका थिए। भागेर भारत पुगेका उनी उतै समातिए। इन्डियन एक्सप्रेसका अनुसार दिल्ली प्रहरीले बुधवार भोलालाई पक्राउ गरेको हो
आठ वर्ष अगाडि भारतमा प्रेमिकाको हत्या गरेपछि उनी भागेर नेपाल आएका थिए। २०७६ मा मा उनले नेपालमा सावित्रीको हत्या गरेका थिए। अनुसन्धानमा सावित्रीको छोरीको योजनामा भोलालाई पैसा दिएर सावित्रीको हत्या भएको खुलेको थियो। उनले प्रेमीसँग मिलेर मोला र मोहम्मद रहिशलाई १२ लाख दिएर सावित्रीको हत्या गराएको खुल्यो। यो अपराधमा अदालतले भोलालाई जन्मकैदको सजाय सुनाएको थियो।
उता भारतमा २०१७ मा प्रेमिकाको हत्या गरेपछि उनी भागेर नेपाल आएका थिए। उनी नेपाल आएर कलंकीको गार्मेन्टमा काम गर्दै बसेका थिए। उनी दिल्लीमा समेत गार्मेन्टमा काम गर्थे। त्यही भेटिएकी एक युवतीसँग प्रेम सम्बन्ध भए पनि विवाह गर्न नमानेपछि अपहरण गरेर कोठामा राखेर चक्कुले घाटी काटेर हत्या गरेका थिए। उनले नेपालमा सावित्रीको हत्या पनि उही शैलीमा गरेका थिए।
असोज १, २०८२ बुधबार २०:१०:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।