शेरबहादुर र आरजुको स्वास्थ्यमा सुधार छ : पूर्णबहादुर

शेरबहादुर र आरजुको स्वास्थ्यमा सुधार छ : पूर्णबहादुर
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको बैठक बसेर योजनाबद्ध रूपमा अगाडि बढ्ने बताए। उनले  पार्टी सभापति शेरबहादुर देउवा र आरजु राणालाई थप उपचारको आवश्यकता रहेको र दुवैको स्वास्थ्य सुधारोन्मुख रहेको उनले बताए।

बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले केही समयभित्र सभापतिसँग परामर्श गरेर पार्टीको बैठकमार्फत योजनाबद्ध तरिकाले अगाडि बढ्ने बताए।

जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन एक समूह देउवा निवास बुढानीलकण्ठमा प्रवेश गरेर देउवा दम्पत्तीमाथि कुटपिट गरेका थिए। उनीहरूले उनीहरूको घर समेत जलाइदिएका थिए।

"सभापतिज्यूको स्वास्थ्य सुधार भइरहेको छ। म उहाँसँग फोनमा सम्पर्कमा छु। आरजु देउवासँग पनि सम्पर्क भइरहेको छ। उहाँको पनि स्वास्थ्य सुधार भइरहेको छ" उनले भने।

असोज १, २०८२ बुधबार १९:४९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।