
बानेश्वरको भवन पुनर्निर्माण गरेर प्रदर्शनी केन्द्र बनाइने, संसद् सिंहदरबारमा

काठमाडौं : सरकारले नयाँ बानेश्वरको बिआइसीसी भवनको पुनर्निर्माण गरेर प्रदर्शनी तथा कार्यक्रमका लागि प्रयोग गर्ने भएको छ। सभा, सम्मेलन लगायतका गतिविधि गर्न चीन सरकारले बनाइदिएको सो भवन पछिल्लो समय संसद् भवनको रूपमा प्रयोग भएको थियो।
जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन सो भवनमा आगो लगाइएर लुटपाट गरिएको थियो।
बुधवार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले अनुगमन गरेका थिए। उनीहरूले अनुगमनपछि आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन संसद् भवनको काम सकिने बताउँदै नयाँबानेश्वरको भवन प्रदर्शनी केन्द्रको रूपमा प्रयोग गरिने बताए।
सरकारले संसद् बैठकका लागि सिंहदरबारभित्र भवन बनाइरहेको छ। आगामी निर्वाचनपछिको संसद् बैठक सिंहदरबार भित्रको संसद् भवनमा बस्ने घिसिङले बताए।
असोज १, २०८२ बुधबार १९:२९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।