
बुधबार ०१ असोज, २०८२
१३ वर्षीया बालिका बलात्कारको आरोपमा अछाममा एक युवक पक्राउ

अछाम : १३ वर्षीया बालिका बलात्कारको आरोपमा अछाम प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको साँफेबगर नगरपालिका-४ जनकल्याण टोलका ३२ वर्षीय महेश भुल रहेका छन्।
पीडित पक्षले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय, साँफेबगरबाट खटिएको प्रहरी टोलीले भुललाई मंगलबार साँझ नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज १, २०८२ बुधबार १३:२५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।