सुनको मूल्य हजार रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य हजार रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १,००० रुपैयाँले घटेर २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला २ लाख १५ हजार रुपैयाँ तोकिएको छ।

आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ। मंगलबार २ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५५० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

असोज १, २०८२ बुधबार ११:०४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।