रातिदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, सवारीसाधन गन्तव्यतर्फ लागे

रातिदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, सवारीसाधन गन्तव्यतर्फ लागे
फाइल तस्बिर

चितवन : पहिरोका कारण मंगलबार रातिदेखि अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहानबाट सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका-४ को घोप्टेभिर, वडा नं ५ को तुइनखोला र वडा नं ६ को नाम्सीखोलामा पहिरो खसेपछि राजमार्ग दुईतर्फी रूपमा बन्द भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार, बिहान ६ बजेदेखि तीनवटा एक्स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम शुरू गरिएको थियो।

करिब तीन घण्टाको प्रयासपछि बिहान ९:१० बजे सडक पूर्ण रूपमा सञ्चालनमा आएको हो।

सडक खुलेलगत्तै रातिदेखि रोकिएका सयौँ सवारीसाधन र यात्रुहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्।

असोज १, २०८२ बुधबार १०:२२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।