कक्षा १२ को पूरक परीक्षाको नयाँ मिति सार्वजनिक, परीक्षा असोज ७ र ८ गते हुने

कक्षा १२ को पूरक परीक्षाको नयाँ मिति सार्वजनिक, परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नयाँ मिति सार्वजनिक गरेको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तय भएको परीक्षा देशको असहज परिस्थितिका कारण स्थगित भएको थियो।

बोर्डले मंगलबार नयाँ सूचना जारी गर्दै परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने निर्णय गरेको हो।

नयाँ तालिकाअनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (कोड: ००४१), एक विषयमा मात्रै परीक्षा दिने परीक्षार्थीका सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीको सानो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ।

त्यसैगरी, असोज ८ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।

तर, बोर्डले अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा पूरक परीक्षा दिनेहरूको हकमा पहिलो दिन (असोज ७) अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन (असोज ८) अनिवार्य नेपालीको परीक्षा हुने स्पष्ट पारेको छ।

परीक्षाका लागि यसअघि निर्धारण गरिएका परीक्षा केन्द्रहरू नै यथावत् रहने बोर्डले जनाएको छ।

असोज १, २०८२ बुधबार ०९:४९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।