तिनाउ नदीमा वर्षकै ठूलो बाढी (तस्बिरहरू)

तिनाउ नदीमा वर्षकै ठूलो बाढी (तस्बिरहरू)

बुटवल : गएरातिदेखि परेको अविरल वर्षाका कारण बुटवलस्थित तिनाउ नदीमा यो वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ। भदौ महिनाको अन्त्यमा आएको बाढीले नदीको जलस्तर खतराको तह नजिक पुगेको छ।

लुम्बिनी प्रदेशका विभिन्न स्थान, विशेषगरी पाल्पा जिल्लामा भएको भारी वर्षाका कारण तिनाउ नदीमा पानीको बहाव ह्वात्तै बढेको हो। असार, साउन र भदौमा सामान्य रहेको बहाव असोजको पहिलो दिन बढ्न पुग्यो।

नदीमा बाढी बढेसँगै बुटवल उपमहानगरपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

प्रहरीका अनुसार, बाढीले हालसम्म कुनै मानवीय तथा भौतिक क्षति पुर्याएको खबर आएको छैन। यद्यपि, नदीको बहावले पुलहरूलाई छुनै लागेको दृश्यले स्थानीयलाई त्रसित बनाएको छ।

असोज १, २०८२ बुधबार ०९:३०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।