बिहीबारदेखि सेयर कारोबार पुनः सञ्चालन हुने

बिहीबारदेखि सेयर कारोबार पुनः सञ्चालन हुने

काठमाडौं : जेन-जी प्रदर्शनका कारण उत्पन्न असहज परिस्थितिले बन्द भएको धितोपत्रको दोस्रो बजार कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।

नेपाल धितोपत्र बोर्डको निर्देशनमा सेयर कारोबार रोक्का गरिएको थियो। पछिल्ला दिनमा अवस्था सहज बन्दै गए पनि बजार बन्द राखेको भन्दै लगानीकर्ताहरूले बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आलोचना गर्दै आएका थिए।

लगानीकर्ताको चासो र सहज परिस्थितिलाई मध्यनजर गर्दै बोर्डले मंगलबार कारोबार पुनः सञ्चालन गर्न नेप्सेलाई निर्देशन दिएको हो।

बोर्डको निर्देशनअनुसार बिहीबारदेखि बजार नियमित रूपमा सञ्चालन हुने नेप्सेका प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए।

असोज १, २०८२ बुधबार ०८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।