
जेन-जी शहीदहरूको सम्मानमा आज सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं : सरकारले ‘जेन-जी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो।
भदौ २३ र २४ गते जेन-जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा अहिलेसम्म ७२ जनाभन्दा बढीले ज्याम जुमाइसकेका छन्।
आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाइने छ।
असोज १, २०८२ बुधबार ०७:१६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।