राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।
राष्ट्रपति भवन महाराजगञ्जबाट जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा भदौ ३१ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गरिएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले अधिवेशन अन्त्यसम्बन्धी जानकारी सार्वजनिक गरेका छन्।
भदौ ३१, २०८२ मंगलबार २०:०४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।