प्राइम सिरामिकद्वारा रौतहटमा १.३ मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको काम सुरू

प्राइम सिरामिकद्वारा रौतहटमा १.३ मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको काम सुरू

काठमाडौं : प्राइम सिरामिकले शून्य कार्बन उत्सर्जनको लक्ष्यतर्फ अर्को ठुलो कदम चालेको छ। कम्पनीले रौतहटस्थित आफ्नो कारखानामा १.३ मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको काम सुरु गरेको हो।

यस सौर्य प्लान्टबाट वार्षिक करिब १४ लाख युनिट स्वच्छ ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ। उत्पादन हुने ऊर्जा प्रयोगबाट करिब ८,००० टन कार्बन उत्सर्जन न्यूनीकरण हुने र प्रत्येक वर्ष २१,००० रुख जोगाएको बराबरको योगदान पुग्ने अपेक्षा गरिएको छ।

उत्पादित स्वच्छ ऊर्जा प्रत्यक्ष टाइल उत्पादन प्रक्रियामा प्रयोग हुने भएकाले प्राइम टाइल्सको वातावरणमैत्री योगदानलाई अझ उच्च स्तरमा पुर्याउने कम्पनीले जनाएको छ।

“दिगोपनासँग घर फर्कनुहोस्... आफ्नो घरलाई प्राइम टाइल्सले सजाउनुहोस्,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यो परियोजनामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले DKTI कार्यक्रम अन्तर्गत वित्तीय सहयोग उपलब्ध गराएको छ।

सम्झौतामा AEPC–DKTI का कार्यक्रम अधिकृत निरज सापकोटा, AEPC का कार्यकारी निर्देशक नवराज ढकाल, प्राइम सिरामिकका अध्यक्ष आशिष गर्ग, प्राइम रिन्यूएबल्सका वरिष्ठ प्रबन्धक सञ्जय शाह र प्राइम सिरामिकका वरिष्ठ प्रबन्धक गोपाल मिश्र उपस्थित भएका थिए।

भदौ ३१, २०८२ मंगलबार १९:३६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।