विक्षिप्त शहीद परिवार, भावविह्वल शुभेच्छुक (तस्विरहरू)

विक्षिप्त शहीद परिवार, भावविह्वल शुभेच्छुक (तस्विरहरू)

काठमाडौं : जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको आज (मंगलबार) पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरियो।

टिचिङ अस्पतालबाट सुरू भएको शवयात्रा आर्यघाट पुग्दा वातावरण निकै भावुक बन्यो। शहीदलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्दा मृतकका आफन्त र शुभेच्छुकको रुवाबासीले आर्यघाट स्तब्ध थियो। शव जलिरहँदा सन्नाटा छाएको र मानिसहरू भावविह्वल बनेको देखिन्थ्यो।

शहीदका परिवारहरू ठूलो संख्यामा आर्यघाटमा उपस्थित थिए। प्रियजन गुमाउँदाको पीडा त्यहाँ पुगेकाहरूको आँखामा प्रष्ट देखिन्थ्यो। यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र प्रत्येक परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो।

सरकारले असोज १ गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिने घोषणा पनि गरिसकेको छ।

 

भदौ ३१, २०८२ मंगलबार १८:३२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।