सेवा र उत्पादन वृद्धिसँगै श्रीलङ्कामा रोजगारी वृद्धि

काठमाडौं : सेवा र निर्माण क्षेत्रले भर्तीलाई निरन्तरता दिँदा अगस्ट महिनामा श्रीलङ्कामा रोजगारी वृद्धि भएको छ। यो तथ्याङ्क श्रीलङ्का सेन्ट्रल बैंकले सङ्कलन गरेको पछिल्लो खरिद प्रबन्धक सूचकाङ्क (पिएमआई) मा सार्वजनिक गरिएको हो ।
सेवा क्षेत्रको पीएमआई अगस्टमा ६८.९ मा पुगेको छ। यसले सेवा गतिविधिमा बलियो विस्तार भएको सङ्केत गर्दछ। यस विस्तारलाई उच्च सङ्ख्यामा बढेका पर्यटक आगमनसँग जोडिएको थोक तथा खुद्रा व्यापार, व्यक्तिगत सेवाहरू, आवास, खाना र पेय सेवाहरूको उत्कृष्ट प्रदर्शनले टेवा दिएको हो। साथै, ऋण दिने गतिविधि बढेकाले वित्तीय सेवासम्बन्धी व्यवसायीक क्रियाकलाप पनि सुधारिएको देखिन्छ।
उत्पादन क्षेत्रको पिएमआई भने अगस्टमा ५५.२ मा पुगेको छ। यसले अघिल्लो महिनाभन्दा केही सुस्त दरमा भए पनि उत्पादन गतिविधि विस्तार भएको जनाउँछ। नयाँ अर्डर र उत्पादन मुख्यतया खाद्य तथा पेय पदार्थ निर्माण क्षेत्रको बलियो प्रदर्शनकै कारण बढेको हो। खरिदको स्टक पनि नयाँ अर्डर र उत्पादनसँगै विस्तार भएको तथ्याङ्कले देखाएको छ।
पिएमआईले आगामी तीन महिनामा उत्पादन गतिविधि सकारात्मक रहने अपेक्षा जनाएको छ। यो विशेषगरी वर्षको अन्त्यतिर हुने मौसमी मागका कारण थप सुदृढ हुने अनुमान गरिएको छ।
भदौ ३१, २०८२ मंगलबार १७:२९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।