रिसाएर धरान फर्किएका हर्कलाई फकाउँदै बालेनले भने- यु आर माई ट्रु लभ

काठमाडौं : धरान उपमहानगरपालिका मेयर हर्क साङपाङ आफूसँग रिसाएपछि काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले फेसबुक मार्फत फकाउन खोजेका छन्।
जेनजी आन्दोलनपछि सरकार गठनमा महत्वपूर्ण भूमिका खेलेका भनिएका बालेन्द्र शाहले मतलब नगरेपछि फायर भएर धरान फर्किएका साङपाङले फेसबुक स्ट्याटस मार्फत लगातार आक्रोश पोखिरहेका छन्। त्यसैको जवाफमा मेयर शाहले आज फेसबुक स्ट्याटस लेखे।
‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो। ‘यु आर माई ट्रु लभ’,’ बालेनले लेखका छन्।
भदौ ३१, २०८२ मंगलबार १५:०१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।