राष्ट्रिय सभा अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेट

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई बधाई दिँदै हालको राजनीतिक परिस्थिति र आगामी कामकारबाहीबारे छलफल भएको बताइएको छ।
भेटका क्रममा अध्यक्ष दाहालले बानेश्वरस्थित संघीय संसद भवन र सिंहदरबारस्थित संसद् सचिवालयमा भएको क्षतिसहित राष्ट्रिय सभाको कामकारबाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराए।
प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतामा लैजान राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण हुने बताउँदै वर्तमान सङ्कटको समाधानका लागि सबै दल र निकायबीच सहकार्य आवश्यक रहेको औंल्याइन्।
भदौ ३१, २०८२ मंगलबार १४:३५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।