जेन-जी आन्दोलन : निजामती अस्पतालमा ४६१ घाइतेको उपचार, ५० जनाको शल्यक्रिया गर्दा ६ जनाको मृत्यु

काठमाडौं : निजामती कर्मचारी अस्पतालले भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारसम्बन्धी विवरण सार्वजनिक गरेको छ।
अस्पतालका अनुसार, सो अवधिमा ४६१ जना घाइतेले उपचार लिएका थिए, जसमध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको छ।
अस्पतालले भदौ ३१ गते बिहान १० बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै कूल ४६१ घाइतेमध्ये ३६६ जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको जनाएको छ।
त्यस्तै, ४४ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको थियो।
सूचनाअनुसार, ५१ जना घाइतेलाई अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो।
भर्ना भएकामध्ये ५० जनाको शल्यक्रिया गर्नुपरेको थियो भने ११ जनाको पुनः शल्यक्रिया गरिएको अस्पतालले उल्लेख गरेको छ।
अस्पतालका अनुसार, भर्ना भएका ५१ मध्ये ४२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने हाल ९ जनाको अस्पतालमा उपचार जारी छ।
भदौ ३१, २०८२ मंगलबार ११:३२:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।