सुनको मूल्य १९ सयले बढ्यो

सुनको मूल्य १९ सयले बढ्यो

काठमाडौं : साताको तेस्रो दिन सुनचाँदीको मूल्य बढेको छ।

सोमबारको तुलनामा मंगलबार सुन तोलामा १९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य तोलाको दुई लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ।

सोमबार सुन तोलाको दुई लाख १५ हजार २ सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य हिजोको तुलनामा २० रुपैयाँले बढेको छ।

हिजो तोलाको दुई हजार पाँच सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार पाँच सय ९५ रुपैयाँ पुगेको छ।

भदौ ३१, २०८२ मंगलबार ११:१२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।