बारी बाँझै राख्न मनले नमानेपछि...

बारी बाँझै राख्न मनले नमानेपछि...
तस्बिरः राधिका बुढाथोकी/रासस

सिन्धुली : तीन वर्ष अघि श्रीमान वैदेशिक रोजगारीमा गए। खेत बाँझै राख्न प्रेममाया श्रेष्ठको मनले मानेन। जसोतसो हलो समाउन सिकिन्। पहिलेपहिले त गोरुले पनि पत्याएनन्। अहिले गोरु पनि प्रेममायाले जे भन्यो त्यहिँ मान्ने भएका छन्।  

तीन वर्षयता घरको खेतीपातीको जिम्मेवारी आफैंले वहन गर्दै आएकी छिन्। तीनपाटन गाउँपालिका-७, गौरीगाउँस्थित बारीमा हलो जोत्दै गरिएको प्रेममायाको दैनिकी ग्रामीण महिलाको जीवनको स्पष्ट चित्र हो। अधिकांश पुरुषहरू विदेश गएपछि अहिले गाउँको खेतीपाती महिलामै भर पर्न थालेको छ।

“श्रीमान् विदेश गएदेखि खेतबारीको जिम्मा मैले नै सम्हाल्दै आएकी छु,” प्रेममायाले भनिन्, “पहिले गाउँमा महिलाले हलो समात्दैनन् भन्ने चलन थियो, तर परिस्थितिले हलो समाउनुपरेको हो।”

भदौ ३०, २०८२ सोमबार २२:१७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।