आईजीपीदेखि इन्स्पेक्टरसम्मको तलब काटेर मृतक प्रहरीका परिवारलाई १० लाख राहत दिइने

काठमाडौं : जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
प्रहरी प्रधान कार्यालयले आज निर्णय गर्दै सो रकम आईजीपीदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरेर दिने व्यवस्था गरेको हो।
‘आन्दोलनका क्रममा जीवन गुमाएका प्रहरी सहकर्मीहरूका परिवारलाई तत्काल सहयोग पुर्याउन तलब कट्टाबाटै राहत उपलब्ध गराउने निर्णय भएको छ,’ प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले भने।
यसअघि पनि विपद् र आकस्मिक घटनामा प्रहरी संगठनले आन्तरिक स्रोत परिचालन गरी प्रभावित परिवारलाई सहयोग गर्दै आएको थियो।
भदौ ३०, २०८२ सोमबार २१:४१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।