आगलागी भएका भवनमा भेटिएका मानव अस्थिपञ्जर पहिचान गरिँदै, कोही हराएको भए सम्पर्कमा आउन अपील

काठमाडौं : प्रहरीले आफ्नो घर/ परिवार वा छिमेकमा कोही हराइरहेको भए प्रहरीलाई जानकारी दिन अपील गरेको छ।जेनजी प्रदर्शनका क्रममा विभिन्न भौतिक संरचनामा भएको क्षति, तोडफोड र आगजनीको क्रममा मानव अस्थिपञ्जरहरू फेला परिरहेको भन्दै शवको पहिचान गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता राज बोहरा अनुसार, प्रदर्शनको समयमा जलेका भवनहरूको सरसफाइ र उद्धार कार्यका क्रममा आगोमा जली पहिचान हुन नसकेका मानव अस्थिपञ्जरहरू भेटिएका छन्।
प्रहरीले सम्पर्कका लागि नागरिकहरूलाई १०० नम्बरको कन्ट्रोल रुम, जिल्ला प्रहरी परिसर काठमाडौँको ९८५१२८३०१२ नम्बर, अथवा इमेल [email protected] मार्फत जानकारी दिन अनुरोध गरेको छ। त्यस्तै, नजिकको प्रहरी कार्यालयमा पनि जानकारी दिन सकिने जनाइएको छ।
भदौ ३०, २०८२ सोमबार २०:१२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।