परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो : नवनियुक्त महान्यायाधिवक्ता भण्डारी

परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो : नवनियुक्त महान्यायाधिवक्ता भण्डारी

काठमाडौं : नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गरेकी छन्।
 
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले पदबहाली गर्दै यो विषम परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने बताइन्। “परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो”, महान्यायाधिवक्ता बरालले भनिन्, “यो विषम परिस्थिति छ, सबैले मिलेर काम गर्नुपर्छ। त्यसका लागि म आफ्नो तर्फबाट प्रतिबद्ध छु।”   
 
सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बराललाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए। नेपालको इतिहासमा उनी महान्यायाधिवक्ता हुने पहिलो महिला हुन्।

भदौ ३०, २०८२ सोमबार १७:५२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।