गभर्नर पौडेलले भने- अनुभवी अर्थमन्त्री आएकाले काम गर्न सहज हुनेछ

काठमाडौं : जेनजी आन्दोलनका कारण देशभरका ६८ वटा बैंकहरूको शाखा कार्यालयहरूमा आक्रमण भएको र ६९ वटा एटिएममा असर परेको छ।
बैंकहरूको कार्यालयहरूमा आक्रमण भएपनि बैंकिङ प्रणाली भने सबै ठीकठाक रहेको नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले जानकारी दिए।
सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रम पश्चात् बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन्। तर, आन्दोलनकारीहरूले बैंकहरू नै टार्गेट गरेको जस्तो देखिँदैन । उनले भने,‘अहिलेको अवस्थामा सबैको मनोबल घटेका कारण उनीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता छ,’रहेको गभर्नर पौडेलले बताए।
सो क्रममा डा. पौडेलले अनुभवी अर्थमन्त्री आएकाले काम गर्न सहज हुने पनि बताए।
भदौ ३०, २०८२ सोमबार १७:३३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।