विराटनगर भाटभटेनीको दोस्रो तलामा जलेको अवस्थामा भेटियो एकजनाको शव

विराटनगर भाटभटेनीको दोस्रो तलामा जलेको अवस्थामा भेटियो एकजनाको शव

विराटनगर : जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एकजनाको शव फेला परेको छ।

मोरङ प्रहरीका अनुसार सोमबार बिहान सफाइ गर्ने क्रममा सुपरमार्केटको दोस्रो तलामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो।

आगजनी र लुटपाटका क्रममा घटनास्थलमै मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमानले देखाएको छ। जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटहरू आन्दोलनकारीहरूको निसानामा परेको थियो।

धरान र विराटनगरको भाटभटेनी भने ध्वस्त छ। धरानस्थित भाटभटेनीमा आगजनी हुँदा चार जनाको ज्यान गएको थियो।

भदौ ३०, २०८२ सोमबार १७:१८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।