चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजबाट सञ्चालनमा, आवश्यक सबै खाद्य वस्तुहरू सस्तोमा पाइने

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजबाट सञ्चालनमा, आवश्यक सबै खाद्य वस्तुहरू सस्तोमा पाइने

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयले आजदेखि चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ।

सोमबार काठमाडौँको थापाथलीबाट औपचारिक रूपमा सुरु गरिएको यो कार्यक्रम अन्तर्गत नेपालीहरूको महान चाडपर्व वडादशैं, तिहार र छठपर्वलाई लक्षित गरी उपभोक्तालाई दैनिक उपभोग्य खाद्यान्न तथा आवश्यक सामग्री सस्तो दरमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

सहुलियत पसलमार्फत चामल, दाल, गेडागुडी, तेल, नुन, चिनी, मासु, दूध, घ्यूलगायतका अत्यावश्यक उपभोग्य वस्तुहरू बजार मूल्यभन्दा कम दरमा विक्री गरिने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार थापाथलीमा सुरु गरिएको यो पसललाई क्रमशः अन्य स्थानमा पनि विस्तार गर्ने तयारी गरिएको छ।

भदौ ३०, २०८२ सोमबार १६:१९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।