कम्युनिष्ट झण्डाले ढाकियो क्षतिग्रस्त एमाले मुख्यालय

तस्विर : उमेश श्रेष्ठको फेसबुकबाट
काठमाडौं : जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको ललितपुर च्यासलस्थित एमाले पार्टी मुख्यालयलाई आज कम्युनिष्ट पार्टीको ठूलो झण्डा ओढाइएको छ।
आन्दोलनका क्रममा मुख्यालयको भवन, गेट र भित्रका संरचनामा आगजनी र तोडफोड भएको थियो। पार्टीका नेता कार्यकर्ताले कार्यालयमा सफाइ गर्दै ठूलो आकारको रातो झण्डा ओढाएका हुन्।
झण्डा माथिल्लो तल्लादेखि भुइँतलासम्म फैलिएको छ।
भदौ ३०, २०८२ सोमबार १५:२२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।