वेस्ट इन्डिजविरुद्धको ‘युनिटी कप’का लागि नेपाली टोली घोषणा, आदिल र सन्दीपको पुनरागमन

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि १६ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।
रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा युवा ब्याट्सम्यानद्वय आदिल आलम र सन्दीप जोराले पुनरागमन गरेका छन्। नेपाल ‘ए’ टिमबाट उत्कृष्ट प्रदर्शन गरेका कारण आदिल र सन्दीपले राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।
‘युनिटी कप’ नाम दिइएको यो सिरिज संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुनेछ। खेलहरू सेप्टेम्बर २७, २९ र ३० तारिखमा हुने क्यानले जनाएको छ।
वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र शाहव आलम।
भदौ ३०, २०८२ सोमबार १२:५३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।