गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।

अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, राति लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै तथा तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भदौ ३०, २०८२ सोमबार ०७:२०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।