७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ

७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ
सांकेतिक तस्विर

काठमाडौं : बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ परेका छन्। 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका  २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का पक्राउ परेका हुन्। 

उनीहरुलाई काभ्रे जिल्ला प्रहरी कार्यालयको टोलीले शनिबार राति पक्राउ गरेको हो।

भदौ २९, २०८२ आइतबार १३:०९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।