देश शून्यतामा पुगेको छ, अब नागरिक स्तरबाटै पुनः निर्माण गर्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले देश शून्यतामा पुगेको बताएकी छिन्। शुक्रबार पदभार ग्रहणपछि बोल्दै उनले यस्तो भयानक घटना नेपालमा पहिलो पटक भएको भन्दै दुःख व्यक्त गरिन्।
“यदि यो काम नेपालीकै हातबाट भएको हो भने, त्यसलाई कसरी नेपाली भनौं ?” उनले भनिन्।
उनले प्रहरी, अदालत र सिंहदरबारजस्ता अत्यावश्यक संस्थामाथि छानिछानि आक्रमण भएको भन्दै यसले नियोजित चरित्र देखाउने टिप्पणी गरिन् ।
“मलाई त यो सम्पूर्ण घटना योजनाबद्ध षड्यन्त्रजस्तै लाग्छ,” उनले भनिन्, “यसको गहिरो छानबिन हुनु जरुरी छ।”
उनले कर्मचारीहरूलाई सम्बोधन गर्दै आफूलाई सहयोग गर्न आग्रह गरिन। कार्कीले अब नागरिक स्तरबाटै देशको पुनः निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताइन्।
भदौ २९, २०८२ आइतबार १२:२७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।