जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं : नेपाल सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।
साथै सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति समेत दिने भएको छ। नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गरेसँगै सरकारले यस्तो निर्णय गरेको हो।
जेनजी आन्दोलनका क्रममा हालसम्म ७१ जनाले ज्यान गुमाइसकेका छन्।
भदौ २९, २०८२ आइतबार १२:०८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।