प्रधानमन्त्री कार्कीलाई चीनद्वारा बधाई, सहकार्यको प्रतिबद्धता

प्रधानमन्त्री कार्कीलाई चीनद्वारा बधाई, सहकार्यको प्रतिबद्धता

काठमाडौं : अन्तरिम सरकारको नेतृत्व सम्हाल्न सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकोमा चीनले बधाई दिएको छ। साथै दुवै देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

चीन र नेपालबीच ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै प्रवक्ताले नेपालले आफ्नै इच्छाअनुसार रोजेको विकास यात्राको चीनले सधैं सम्मान गर्ने स्पष्ट पारेका छन्।

“हामी पाँच सिद्धान्तका आधारमा शान्तिपूर्ण सहअस्तित्वलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग विस्तार गर्न र द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन नेपालसँग सहकार्य गर्न तयार छौँ,” प्रवक्ताको भनाइ दूतावासले उद्धृत गरेको छ।

भदौ २९, २०८२ आइतबार ११:३६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।