एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं : एसिया कप क्रिकेटमा आज (आइतबार) भारत र पाकिस्तान भिड्दै छन्। खेल आइतबार राति ८ः१५ बजे यूएईमा सुरु हुँदैछ।
समूह चरणमा एकएक खेल खेलिसकेका भारत र पाकिस्तानले दुईदुई अंक बनाउन सफल भएका छन्। समान अंक भए पनि समूह ‘ए’मा रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ।
भारतले पहिलो खेलमा यूएईमाथि ९ विकेटको सानदार जित निकालेको थियो भने पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हासिल गरेको थियो।
एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्।
भदौ २९, २०८२ आइतबार ०९:१५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।