नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै

काठमाडौं : अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन्।

प्रधानमन्त्री कार्कीले आज बिहान ११ बजे सिंहदरबार पदभार ग्रहण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।

गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेपछि प्रधानमन्त्री कार्की  आफ्नै निजी निवासमा बसिरहेकी छिन्।

भदौ २९, २०८२ आइतबार ०७:४१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।