पाँच दिनदेखि ठप्प सार्वजनिक यातायात आजदेखि सुचारु, तीनसय बढी सवारीसाधन उपत्यकाबाट बाहिरिए

पाँच दिनदेखि ठप्प सार्वजनिक यातायात आजदेखि सुचारु, तीनसय बढी सवारीसाधन उपत्यकाबाट बाहिरिए

काठमाडौं : पाँच दिनदेखि ठप्प बनेको सार्वजनिक यातायात आजदेखि सुचारु भएको छ। कर्फ्यु हटेसँगै गोँगबुस्थित नयाँबसपार्कबाट मात्र ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन यात्रु लिएर उपत्यका बाहिरिएका छन्।

नयाँबसपार्क सञ्चालनकर्ता लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार बिहानैदेखि सवारीसाधनहरू यात्रु लिएर विभिन्न गन्तव्यतर्फ प्रस्थान गरेका हुन्। उनले भने, “भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण लामो दूरीका बस बन्द भएका थिए, अहिले पुनः सञ्चालनमा आएसँगै यात्रुहरू घर फर्कन थालेका छन्।”

काठमाडौँमा कर्फ्यु हटेपछि जनजीवन सामान्य बन्दै गएसँगै बसपार्कमा यात्रुको भीड बढेको व्यवस्थापन पक्षले जनाएको छ। दसैँ नजिकिँदै गएपछि सामान्य भन्दा बढी यात्रुहरू बसपार्कमा देखिन थालेका छन्। तर, यो वर्षको दसैँका लागि अग्रिम टिकट बुकिङ भने हालसम्म सुरु हुन सकेको छैन।

भदौ २८, २०८२ शनिबार २१:०८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।