फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन राष्ट्रपतिको अपील

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै राजनीतिक दल र सरोकारवालालाई सहयोग गर्न अपिल गरेका छन्।
शनिबार जारी वक्तव्यमा राष्ट्रपति पौडेलले सबै पक्षलाई विवेक र जिम्मेवारीपूर्वक काम गर्दै जनता रिझाउने र निर्वाचन प्रक्रियामा सक्रिय सहभागी हुने आह्वान गरेका हुन।
“देशको असहज परिस्थितिमा कठिन प्रयासपछि शान्तिपूर्ण निकास निकालिएको छ। संविधान, संसदीय प्रणाली र सङ्घीय लोकतन्त्र कायम छन्। अब छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्,” उनले भनेका छन्।
भदौ २८, २०८२ शनिबार १८:५१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।