क्षतिग्रस्त अटो स्वरुमहरूको सरसफाइ गरिँदै (तस्विरहरू)

क्षतिग्रस्त अटो स्वरुमहरूको सरसफाइ गरिँदै (तस्विरहरू)

काठमाडौं : जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका निजी संरचनामा सरसफाइ सुरु गरिएको छ। शनिबार राजधानीको थापाथली क्षेत्रमा रहेका अटो स्वरुमहरूमा सरसफाइ अभियान धमाधम भइरहेको छ।

आन्दोलनकारीको निशानामा परेका सवारी साधन र स्वरुमहरूको क्षतिको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन। तर, स्वरुम परिसरमा उडेको शीशा, जलेका सामग्री र बाँकी फोहर हटाउने काम भइरहेको छ।

व्यवसायीहरूका अनुसार क्षतिको यकिन मूल्याङ्कन पछि मात्र वास्तविक नोक्सानीको विवरण बाहिर आउनेछ।

भदौ २८, २०८२ शनिबार १७:४७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।