ट्रमा सेन्टरपछि सिभिल अस्पताल पुगिन नवनियुक्त प्रधानमन्त्री कार्की, घाइतेको निःशुल्क उपचार गर्न निर्देशन

ट्रमा सेन्टरपछि सिभिल अस्पताल पुगिन नवनियुक्त प्रधानमन्त्री कार्की, घाइतेको निःशुल्क उपचार गर्न निर्देशन

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की बानेश्वरको सिभिल अस्पताल पुगेकी छन्। जेनजी आन्दोलनमा घाइते भएकाहरूको अवस्था बुझ्न कार्की त्यहाँ पुगेकी हुन्। 

यसअघि नेशनल ट्रमा सेन्टरमा पुगेकी  प्रधानमन्त्री कार्कीले चिकित्सकसँग घाइतेहरूको अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिइन्।

प्रधानमन्त्री कार्कीले बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. बद्रि रिजालले जानकारी दिए। कार्कीले अस्पतालमा रहेका विरामीसँग पनि स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। 

जेनजी आन्दोलनका क्रममा हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ भने सैयौं प्रदर्शनकारी घाइते भएका छन्। 

भदौ २८, २०८२ शनिबार १६:२९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।