भाटभटेनीबाट आइसक्रिम लुट्ने शिक्षकलाई विद्यालयले गर्यो निष्काशन

बुटवल : कालिका मानवज्ञान माध्यमिक विद्यालयले जेनजी समूहको आन्दोलनका क्रममा भाटभटेनीबाट सामान चोरी गर्ने शिक्षक शिव शंकर शुक्लालाई निष्काशन गरेको छ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले आइतबार जारी गरेको विज्ञप्तिमा चोरीमा संलग्न भएको देखिएपछि तत्काल शुक्लालाई निष्काशन गरिएको उल्लेख छ।
शुक्लाले भदौ २४ गतेको आगजनी र तोडफोडका क्रममा भाटभटेनीबाट आइस्क्रिम लिएर हिँडेको दृश्य सार्वजनिक भएको थियो।
उनी कालिका मानवज्ञानसँगै अक्सफोर्ड माध्यमिक विद्यालयमा पनि अध्यापन गराउँदै आएका थिए।
भदौ २८, २०८२ शनिबार १६:११:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।