जेनजी आन्दोलनका घाइतेको अवस्था बुझ्न नवनियुक्त प्रधानमन्त्री ट्रमा सेन्टरमा

जेनजी आन्दोलनका घाइतेको अवस्था बुझ्न नवनियुक्त प्रधानमन्त्री ट्रमा सेन्टरमा

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की  ट्रमा सेन्टर पुगेकी छन्। जेनजी आन्दोलनमा घाइते भएकाहरूको अवस्था बुझ्न कार्की त्यहाँ पुगेकी हुन्। 

प्रधानमन्त्री कार्कीले चिकित्सकसँग घाइतेहरूको अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिइन्। कार्कीले आजै बानेश्वर स्थित सिभिल अस्पतालका घाइतेलाई समेत भेट्ने छिन्। 

जेनजी आन्दोलनका क्रममा हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ भने सैयौं प्रदर्शनकारी घाइते भएका छन्। 

भदौ २८, २०८२ शनिबार १५:१४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।